लकडाउनले कोरोना महामारी रोक्न सकेन : राहुल गान्धी

उज्यालो प्रतिनिधि २४ जेष्ठ २०७७, शनिबार प्रवास

एजेन्सी । भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले जारी राखेको लकडाउन असफल भएको टिप्पणी गरेका छन् । उनले भारत सरकारले लिएको यस लकडाउनको नीतिले भारतमा कोरोना भाइरसको संक्रमण रोक्न नसकेको आरोप पनि लगाएका छन् ।

उनले संक्रमितहरु दिनप्रति दिन बढ्दै गएका तर सरकारले लकडाउनको नीतिलाई राम्रोसँग पालना गराउन नसकेको बताएका हुन् । उनले पछिल्ला दिनहरुमा भारतमा हरेक दिन ९ देखि १० हजार सम्म संक्रमितहरु थपिने गरेकोले सरकार यो महामारी रोक्न असफल भएको बताएका हुन् ।

उनले भारतमा पनि अमेरिका र बेलायतको जस्तो महामारीको अवस्था आउने कुरा पछिल्ला तथ्यांकहरुले देखाएको धारणा पनि राखे । उनले लकडाउनले पनि यहाँको महामारी रोक्न नसकेपछि अब सरकारले अरु विकल्पहरु रोज्नुपर्ने पनि ट्वीटमार्फत सुझाएका छन् ।

भारतमा शुक्रबारमात्र ९ हजार ८५१ जना संक्रमित थपिएका थिए । यहाँ गएको २४ घन्टायता २७३ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको बताइएको छ । यहाँ यस भाइरसका २ लाख २६ हजार ७७० जना संक्रमति भएका छन् । यीमध्ये १ लाख १० हजार ९६० जना पोजेटिभ छन् । अरु निको भएर घर फर्किएका छन् ।–एएनआई

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार