नवलपरासी पश्चिम प्रतापपुरको एक घरमा आगलागी, ६ लाख बराबरको क्षति

उज्यालो प्रतिनिधि १७ जेष्ठ २०७७, शनिबार समाचार

रबिन्द्र यादव, नवलपरासी पश्चिम । नवलपरासी पश्चिमकाे प्रतापपुर गाउपालिका – ३ कुटिटाेला बस्ने सुदामा धाेबिकाे घरमा गएराति आगलागी भएकाे छ ।

एकैठाउमा घरगाेठसमेत रहेकाेेमा राति अागाे सल्केर आगलागी भएकाे ईलाका प्रहरी कार्यालय सेमरीका सई फाैजदार यादवले जानकारी दिए।

आगलागीबाट अन्नपात, लत्ताकपडा, घर लगायतका सम्पुर्ण सामान पूर्ण रुपमा जलेर नष्ट भएको छ । त्यस्तै गोठमा रहेका पाडा पाडी भैंसी चौपाया समेत जलेका छन् । आगलागीकाट ६ लाख ३२ हजार बराबरकाे क्षति भएकाे सइ यादवले बताए । राति लामखुट्टे धपाउनकाे लागि गुइठा खर झारपात बालेकाे आगाे सल्केेर आगलागी भएकाे बुझिएको हाे ।

गएराति करिब १ बजेकाे समयमा आगाे लागेपछि घरका परिवारहरुले छिमेकी लाई गुहारेपछि छिमेकी र स्थानीयले राति नै आगाेलाई पानीबाट निभाई नियन्त्रणमा लिएका थिए ।

उता जिल्लाकाे सिमासँग जाेडिएकाेे सुस्ता, प्रतापपुर, सरावल र पाल्हिनन्दन गाउपालिकामा दमकल नहुँदा बर्सेनी आगलागीबाट धनजनकाे ठुलो क्षति हुँदै आईरहेकाे छ । आगाे लागेपछि समयमै दमकल पुग्न नसकेपछि यस्ता घटना दिनानु दिन बढदै गईरहेकाे स्थानीयले बताएका छन । बर्सेनि चैत, बैशाख र जेठ महिनामा जिल्लाको धेरै जसो सथानमा आगलागिका घटना बढ्दै गइरहेको देखिन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार