अमेरिकामा बेरोजगारी भत्ताको माग गर्नेको संख्या ४ करोड पुग्यो

उज्यालो प्रतिनिधि १६ जेष्ठ २०७७, शुक्रबार विश्व

एजेन्सी । कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले संयुक्त राज्य अमेरिकामा दिन प्रति दिन बेरोजगारी बढेको अधिकारीहरुले जानकारी दिएका छन् । प्राप्त समाचारमा पछिल्लो पटक २१ लाख जना अमेरिकी नागरिकले बेरोजगारी भत्ताको दाबी गरेर फारम भरेका छन् । गत हप्तामा २१ लाख अमेरिकीले यो फाराम भरेको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकाको श्रम विभागले सो जानकारी दिएको हो । अघिल्लो हप्ता अर्थात् गएको मे २३ अघिसम्मको तथ्याङ्क २१ लाख नागरिकले आफूहरु बेरोजगार भएको भन्दै यो फाराम भरेका जनाइएको छ । त्यसैगरी त्यो भन्दा पनि अघिल्लो हप्ता अमेरिकाका २४ लाख मानिसले यस्तो बेरोजगारी भत्ताको फाराम भरेकोमा अहिले थप २१ लाखले यो फाराम भरेको यहाँको श्रम विभागले जानकारी दिएको हो ।

अधिकारीहरुले यसरी अमेरिकाका नागरिकले पहिलो पटक सवैभन्दा धेरैले बेरोजगारी भत्ताका लागि फाराम भरेको देखिएको बताएका छन् । पछिल्लो विवरणमा अहिलेसम्ममा ४ करोड १ लाख नागरिकले बेरोजगारी भत्ताको माग गरेका छन् ।

यो बेरोजगारहरुको बृद्धिदर सन् १९४८ पछिकै सवैभन्दा धेरै भएको यहाँका अर्थ क्षेत्रका अधिकारीहरुले जानकारी दिएका समाचारमा उल्लेख गरिएको छ । अमेरिकामा अप्रिल महिनामा मात्रै झण्डै दुई करोड नागरिकले रोजगारी गुमाएका छन् । गत मार्च महिनामा सात लाख दश हजार मानिसले रोजगारी गुमाएका थिए ।

कोरोनाभाइरसको संक्रमण फैलिदै गएपछि सामाजिक दुरी कायम गर्नुपर्ने र अन्य स्वास्थ्य सतर्कता अपनाउनु पर्ने भएकाले यहाँका ३० करोड भन्दा बढी मानिस घरमै बसेका एक तथ्यांकले देखाएको छ ।
यहाँ हालै मात्र सार्वजनिक भएको एक प्रतिवेदनमा हरेक मुख्य क्षेत्रमा धेरै मानिसको रोजगारी कटौती भएको देखिएको छ ।

बेरोजगारको संख्या बढ्दै जाने र उद्योग व्यापार बन्द हुदै जाने गरेकाले अमेरिकी सरकारले विभिन्न राहतका प्याकेजहरुको पनि घोषणा गरेको समााचारमा जनाइएको छ । –एएनआइ

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार