तालिबानी लडाकू लक्षित हवाई कारबाहीमा परी कम्तीमा ६ जना मारिए

उज्यालो प्रतिनिधि ८ जेष्ठ २०७७, बिहीबार प्रवास

एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको दुई वटा जिल्लामा लुकेर बसेका तालिबानी लडाकू लक्षित हवाई कारबाहीमा परी कम्तीमा ६ लडाकू मारिएका छन् । यस कारबाहीमा परी अन्य १० तालिबान लडाकू घाइते भएका गृह मन्त्रालयद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

बुधबार राति कुन्दुज प्रान्तको इमाम साहिब र दश्त ए आर्चीमा जिल्लामा भएको सो कारबाहीमा ६ लडाकू मारिनुको साथै अन्य १० घाइते भएका गृह मन्त्रायलद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस हवाई कारबाहीमा लडाकू समूहले लुकाएर राखेका हतियार र गोला बारुदलगातायका समान नष्ट गरिएको थियो । उक्त कारबाहीको क्रममा सैनिक वा सर्वसाधारण कुनै क्षति भएको छैन । विगत केही दिनदेखि कुन्दुन्ज प्रान्तमा आतङ्ककारी कार्यमा सक्रिय रहेका तालिवान लडाकू समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । –सिन्ह्वा

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार