‘लकडाउन खुकुलो पारिएको ठाउँमा कोरोनाको संक्रमण सम्हाल्नै नसक्ने गरी फैलन सक्छ’

उज्यालो प्रतिनिधि ३१ बैशाख २०७७, बुधबार प्रवास

एजेन्सी । अमेरिकाका संक्रामक रोगका शीर्ष विशेषज्ञ डा. एन्थोनी फाउचीले अमेरिकी सिनेटरलाई लकडाउन खोल्ने विषयमा चेतावनी दिएका छन् ।

उनले हतारमा लकडाउन हटाइए कोरोनाको संक्रमण तीब्र रुपमा फैलने र लकडाउन खोल्ने बेला दिशानिर्देशको पालना गरिएन भने कोरोना संक्रमणले लाखौं मानिसहरुलाई गाँज्ने चेतावनी दिएका छन् ।

उनले अमेरिकामा मृत्यु हुनेको संख्या आधिकारिक ८२ हजारभन्दा पनि बढी हुनसक्ने बताएका छन् । एन्थोनी फाउचीको भनाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भन्दा भिन्न छ । ट्रम्पले अर्थव्यवस्थालाई पुनः सुचारु गर्नका लागि लकडाउन खोल्न चाहन्छन् । अमेरिकी राष्ट्रपतिले यसका लागि गाइडलाइन्स पनि जारी गरेका छन् ।

फाउची मंगलबार अमेरिकी सिनेटलाई भिडियो कन्फरेन्सिङमार्फत् सम्बोधन गरिरहेका थिए । अमेरिकाका विभिन्न प्रान्तमा लकडाउन खुकुलो पारिएको छ, उक्त प्रान्तमा संक्रमणको दर बढ्दो छ । एन्थोनी फाउचीले कोरोनाको संक्रमण सम्हाल्नै नसक्ने गरी फैलन सक्ने बताउँदै यस्तो स्थितीमा अर्थव्यवस्थालाई झट्का लाग्नुका साथै धेरैको ज्यान जानसक्छ ।

उनले सेप्टेम्बर महिनामा कोरोनाको संक्रमण पुनः बढ्न सक्ने बताएका छन् । उनले यसको पूरा सम्भावना भएको धारणा व्यक्त गरेका छन् । कोरोना संक्रमणको दोस्रो लहरको खतरा भएकोले आफूहरुले निकै प्रभावकारी ढङ्गले यसबाट सुरक्षित रहने उपयबारे सोच्नुपर्ने उनले बताए ।

डाक्टर फाउचीले कोरोनाका लागि भ्याक्सिन तयार गर्ने विभिन्न कोसिस चलिरहेको तर ती भ्याक्सिन प्रभावकारी हुने नहुने भन्ने विषयको कुनै ग्यारेन्टी नभएको पनि बताए ।

स्रोतः बीबीसी

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार