कोरोना महामारीलाई ट्रम्पले आफ्नो चुनावी फाइदाका लागि प्रयोग गरे : चोम्स्की

उज्यालो प्रतिनिधि ३० बैशाख २०७७, मंगलवार प्रवास

वासिङ्गटन । चर्चित दार्शनिक प्रोफेसर नोम चोम्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हजारौं अमेरिकनको मृत्यूका लागि जिम्मेवार रहेको बताएका छन् । उनले कोरोना महामारीलाई ट्रम्पले आफ्नो चुनावी फाइदाका लागि प्रयोग गरेको बताएका छन् ।

देशका धनी कर्पोरेटहरुलाई सघाउन प्राणघातक रोगको स्वास्थ्य सुविधा र अनुसन्धानको सहायता कटौती गरेको ट्रम्पमाथि आरोप लागेको छ । प्रो. चोम्स्कीले गार्जियन न्यूज बेवसाइटसँग कुराकानी गर्दै भनेका छन्, ‘ट्रम्पले सामान्य अमेरिकनहरुको पिठ्यूँमा छुरा रोपिरहेको छन् र देशको रक्षक बनेको देखाउन खोजिरहेका छन् ।’

ट्रम्पले आफ्नो हरेक कार्यकालमा कोष कटौती गर्दै आएको उनले बताए । अहिले उनले यो क्रमलाई थप तिव्रता दिइरहेको बताए । ट्रम्पले यसलाई अझ अगाडि बढाउने र जनताको स्थिति सकेजति दयनीय बनाउन खोजिरहेको चोम्स्कीको आरोप छ । यसका साथै उनी आफ्नो प्राइमरी चुनावमा उम्मेदवारको सम्पत्ति, कर्पोरेट शक्ति र आफ्नो फाइदा बढाउन चाहेको चोम्स्कीको आरोप छ ।

प्रो. चोम्स्कीले राष्ट्रपति ट्रम्पले आफ्नो जिम्मेवारी सही ढंगले निर्वाह नगरेको बताए । उनले राज्यका गभर्नरहरुलाई कोरोनासँग लड्ने जिम्मेवारी लिन बाध्य भएको चोम्स्कीको आरोप छ । यो ट्रम्पको धेरै मानिस मराउने र आफ्नो चुनावी राजनीति सुधार्ने रणनीति भएको उनको तर्क छ ।

ट्रम्पले विश्व स्वास्थ्य संगठनको फण्डिङ रोक्दा यमन र अफ्रिकी महाद्वीपमा मृत्यू बढ्ने चोम्स्कीको बुझाई छ ।

चोम्स्की एक अमेरिकी दार्शनिक तथा भाषा विज्ञानका ज्ञाता हुन् । उनी इतिहासकार, सामाजिक समालोचक र राजनीतिक कार्यकर्ताका रुपमा पनि चिनिन्छन् । उनलाई आधुनिक भाषा विज्ञानका पिता पनि भनेर चिनिन्छ । उनले संज्ञानात्मक विज्ञानको क्षेत्रमा पनि काम गरेका छन् । उनले १०० भन्दा बढी पुस्तकहरु लेखिसकेका छन् ।एजेन्सी

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार