एजेन्सी । नाइजेरियाको सरकारले कोरोनाभाइरस संक्रमण फैलनबाट रोक्न उद्देश्यसहित लागू गरेको लकडाउनको नियमलाई कथित रुपमा उल्लंघन गर्ने रिभर्स राज्यका दुई होटल भत्काएको छ ।
राज्यका गभर्नर न्येसोम वाइकीको रेखदेखमा इदिमेते होटल र प्रोडेस्ट नामका दुई होटल आइतबार भत्काइएका हुन् । गर्भनरले लकडाउन अवधिभरी होटल खोल्न नपाउने नियम तोडेकोले यी दुई होटल भत्काउनुपरेको जानकारी दिए ।
कोभिड–१९ द्वारा संक्रमित बिरामी राज्यका विभिन्न होटलमा बसिरहेको भेटिएको उनले बताए । यद्यपि, उनले भत्काइएका होटलमा पनि संक्रमित बसे नबसेको बारे भने जानकारी दिएनन् ।
बिबिसी






