ह्वाइट हाउसका सबै कर्मचारीलाई मास्क लगाउन अनिवार्य

उज्यालो प्रतिनिधि ३० बैशाख २०७७, मंगलवार प्रवास

एजेन्सी । ह्वाइट हाउसका दुई कर्मचारीमा कोरोनाभाइरसको संक्रमण देखिएपछि सबै कर्मचारीलाई मास्क लगाउन अनिवार्य गरिएको छ ।

ह्वाइट हाउसले आफ्नो डेस्कमा बसिरहेका बेलाबाहेक अन्य समयमा सबै कर्मचारीलाई मास्क लगाउन र सहकर्मीसँग पर्याप्त दुरी स्थापित गर्न अनिवार्य गरेको छ । यो आदेश त्यतिबेला जारी गरिएको हो जब अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सका एक–एक सहयोगी बिरामी भएका छन् ।

यद्यपि, जब राष्ट्रपति पत्रकार सम्मेलनमा मास्क नलगाई पुगे तब उनलाई प्रश्न सोधियो । यसमा ट्रम्पले भने, ‘आदेश मेरो लागि होइन । मैले यो आदेश मान्न आवश्यक छैन किनभने म सबैसँग निकै टाढा बसिरहेको छु ।’ उनले भने, ‘ह्वाइट हाउसमा दैनिक सयौं मानिसको आवतजावत हुन्छ । मलाई लाग्छ संक्रमण रोक्नका लागि हामीले राम्रो काम गरिरहेका छौं ।’

ह्वाइट हाउसका तीन कर्मचारी पहिले नै सेल्फ आइसोलेशनमा गएका थिए किनभने उनीहरुलाई संक्रमणको आशंका थियो । यसमा डा. एन्थोनी फाउची पनि समावेश छन् जो अमेरिकामा यो महामारीसँग लड्ने समूहका मुख्य अनुहार हुन् ।

स्रोतः बीबीसी

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार