बेलायतमा लकडाउनलाई केही खुकुलो बनाउने

उज्यालो प्रतिनिधि २९ बैशाख २०७७, सोमबार प्रवास

एजेन्सी । बेलायती प्रधानमन्त्री जोनसन बोरिसले कोरोना भाइरसको शन्देस परिर्वतन गरेका छन् । हिजो राति उनले परिवर्तन गरेको शन्देसलाई लिएर धेरै बेलायतवासीहरु आक्रोशित बनेका छन् ।

प्रधानमन्त्रीको नयाँ कदमले काममा भने फर्किन पाइने भएको छ । डाउनिंग स्ट्रिटले आज नयाँ स्वास्थ्य नाराको अवधारणा अघि सारेको छ र नारामा भनिएको छ ‘घरमा रहनुस् सर्तक रहनुस’ । यद्धपि बेलायती प्रधानमन्त्री जोनसनले देशमा लकडाउन केही खुकुलो बनाउने योजना बनाएका छन् । उनले त्यहाँका सर्वसाधारणहरुलाई बुधबारदेखि घरबाहिर जान पाउने गरी एउटा योजना सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री बोरिसले भाइरसबाट सचेत रहनुपर्ने भन्दै यसलाई नियन्त्रण गर्नु र यसबाट बच्नु जरुरी रहेको बताएका छन् । देशवासीका नाममा सम्बोधन गर्दै जोनसनले यो चरणमा यदि विज्ञानद्वारा समर्थन प्राप्त भए पसलहरू खोलिने बताए । आगामी चरणमा केही पर्यटन उद्योगहरू पनि खुल्न सक्नेछन्। तर जुलाई १ अघिसम्म ती बन्द रहनेछन्।

जोनसनले यी चरणहरू लकडाउन खोल्ने योजनाको पहिलो खाका भएको बताए। उनले यो साता लकडाउन समाप्त गर्ने समय भने होइन भन्दै त्यसको साटो उपायहरूलाई सावधानीपूर्वक परिवर्तन गरिरहेको बताएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार