चिनियाँ अन्वेषक अमेरिकामा गोली हानी मारिए,जो कोरोनाको महत्वपूर्ण खोजको नजिक थिए

उज्यालो प्रतिनिधि २५ बैशाख २०७७, बिहीबार प्रवास

न्युयोर्क । कोरोना भाइरसको बारेमा महत्त्वपूर्ण खोज गर्न आएका एक चिनियाँ अनुसन्धानकर्तालाई अमेरिकाको पेन्सल्भेनियामा गोली हानी हत्या गरिएको छ ।

स्थानीय प्रहरीका अनुसार एक बिङ लीको टाउको, छाती, हात खुट्टा र गर्दनमा गोली लागेको छ । प्रहरीका अनुसार ४६ वर्षीय सफ्टवेयर इन्जिनियर हाउ गुले उनको गोली हानी हत्या गरेका हुन् । तर, हत्या गरेपछि उनले पनि आत्महत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बिङ ली र हाउ गु मिल्ने साथी थिए । उनले बिङको हत्या गरेर फर्किँदा हाउ गुले कारमा आत्महत्या गरेका हुन् ।

बिङसँग काम गरिरहेका मानिसहरुका अनुसार बिङ कोभिड–१९ को विषयमा निकै महत्वपूर्ण खोजको नजिक पुगेका थिए । यस्तो अवस्थामा उनको हत्या भएको हो । बिङ लीले सिंगापुरमा स्नातक र पीएचडीसम्मको अध्ययन गरेर अनुसन्धानको लागि अमेरिका गएका थिए ।

यससँगै सामाजिक सञ्जालमा यस विषयमा विभिन्न अफवाह फैलिएका छन् । बिङ लीको जनाजान अमेरिकामा हत्या गरिएको समाचार फैलिएका छन् । चिनियाँ सामाजिक सञ्जाल वीबोका एक प्रयोगकर्ताले बिङ ली अमेरिकाको प्रयोगशालामा कोरोना भाइरस निस्किएको भन्ने पत्ता लगाउने नजिक पुगेको कारण उनको हत्या गरिएको बताएका छन् । यसअघि चिनियाँ अधिकारी र सरकारी सञ्चारमाध्यमले अमेरिकी सेनाले कोरोना भाइरस वुहानमा ल्याएर छाडेको आरोप लगाएका थिए ।

साथै धेरैले अमेरिकामा चिनियाँ नागरिकको सुरक्षाको विषयमा प्रश्न उठाएका छन् भने केहीले यो विषय निकै रहस्यमयी भएको बताएका छन् । जाँचकर्ताहरुले भने अहिलेसम्म बिङ लीको हत्याको सम्बन्ध कोभिड–१९ को अध्ययनसँग जोडिएको कुनै प्रमाण फेला नपरेको बताएका छन् ।

सीएनएनको समाचारका अनुसार अनुसन्धान अधिकृत सार्जन्ट ब्रायन कोहलेपले भने कि प्रहरीले ती दुई व्यक्ति एक अर्कालाई चिनेका थिए भन्ने विश्वास गर्दछन्, तर उनको चिनियाँ संलग्नताका कारण लियु मारिए भन्ने कुनै कारण छैन। युनिभर्सिटीले उक्त घटनाको शोक व्यक्त गर्दै लिउको अनुसन्धान कार्यको सम्झना गरेको छ ।

पिट्सबर्ग विश्वविद्यालयका सहकर्मीहरूले भने, “लियू सार्स-कोभ -२ संक्रमणसँग सम्बन्धित सेलुलर संयन्त्रहरू बुझ्ने दिशामा महत्वपूर्ण खोजी गर्न नजिक थियो। उनी धेरै प्रतिभाशाली र लगनशील थिए।”

सीएनएन

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार