इरानमा कोरोनाको कहर पुन: बल्झियो

उज्यालो प्रतिनिधि २५ बैशाख २०७७, बिहीबार प्रवास

एजेन्सी । इरानले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गरेको जस्तो देखिन्थ्यो तर बुधबार अचानक १६ सय ८० नयाँ संक्रमित भेटिए । यो अप्रिल ११ पछि एकदिनमा भेटिएको संक्रमणको सबैभन्दा ठूलो संख्या हो । इरानमा अब संक्रमणको कूल संख्या १ लाख पार भइसकेको छ ।

इरानमा कोरोनाको कहर पुनः फर्किएको बताइएको छ किनभने पछिल्लो चार दिनदेखि संक्रमितको संख्यामा लगातार वृद्धि भइरहेको छ । मध्य पूर्वमा इरानलाई कोरोनाभाइरसको संक्रमणले गाँजेको छ । इरानमा कोरोना भाइरसको दोस्रो चरणको कुरा गरिँदैछ ।

इरानका स्वास्थ्य मन्त्रालयका प्रवक्ता किअनोउश जहांपोरले भने, ‘हामीले देखिरहेका छौं कि पछिल्लो तीनचार दिनदेखि संक्रमणको मामला बढिरहेको छ । मुलुकमा अनावश्यक यात्राका कारण संक्रमित बढिरहेको जस्तो लाग्छ ।’

इरानले अप्रिल ११ देखि लकडाउनमा विभिन्न प्रकारको छुट दिएको थियो । कम जोखिमयुक्त इलाकामा मस्जिद खोलिएका थिए । पछिल्लो २४ घण्टामा इरानमा ७८ जनाको कोरोनाका कारण ज्यान गएको छ र यसका साथै मृतकको संख्या ६ हजार ४ सय १८ पुगेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार