एजेन्सी । भारतमा कोरोना भाइरस (कोभिड -१९) का कारण हालसम्म १ हजार ७८५ जनाले ज्यान गुमाएका छन । बुधबारमात्रै भारतमा कोरोनाका कारण ८६ जनाभन्दा बढीको मृत्यु भएका छान भने ३६०० संक्रमित फेला परेका छन् । यो सँगै भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५२ हजार नाघेको छ ।
संक्रमितमध्ये १५ हजारभन्दा बढी निको भएर घर फर्किका छन् । गम्भीर कति छन् त्यसबारे भने रिपोर्ट दिइएको छैन ।






