बरिष्ठ गायक काल्तनको “डम्फूला चरी” बोलको गीत सार्वजनिक

उज्यालो प्रतिनिधि २७ असार २०८२, शुक्रबार संगीत

काठमाडौं । बरिष्ठ गायक तथा संगीतकार विशाल काल्तनको नयाँ तामाङ सेलो गीत “डम्फूला चरी” सार्वजनिक भएको छ। मौलिक तामाङ सांगीतिक स्वाद भरिएको यस गीतमा काल्तनको सशक्त स्वर र संगीतले अलग प्रभाव छाडेको छ।

गीतमा शब्द रचना पेमा ङिमाले गरेका हुन् भने एरेन्जमेन्ट तथा मिक्सिङ दिपेश प्रधानले गरेका छन्। डीप स्टुडियोमा रेकर्ड गरिएको यस गीतले दर्शक-श्रोतामाझ नयाँ स्वाद ल्याउने विश्वास गरिएको छ।

भिडियोतर्फ मोडल निशा घिसिङले आकर्षक अभिनय प्रस्तुत गरेकी छन्। दम्फु सहकार्य ह्याङला दम्फु धिमका दोर्जे मोक्तानले सम्हालेका छन्।

https://www.youtube.com/watch?v=AGbtto7Gk5s

गीतका निर्माता पेमा ङिमा नै हुन्। मेकअप आर्टिस्टका रूपमा पनि निशा घिसिङले काम गरेकी छन्। क्यामरा, सम्पादन तथा कलर ग्रेडिङ सूर्य लामाले गरेका हुन् भने सहायक क्यामराम्यानको रूपमा निरोज तामाङको योगदान रहेको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार