काठमाडौं । राघव प्रडक्सनले दशैँ छेकोमा ‘मन पर्यो तिमी नै’ बोलको गीत बजारमा ल्याएको छ । उद्योगी तथा व्यवसायी राघव बहादुर बस्नेत र चर्चित गायिका मेलिना राईको आवाजमा उक्त गीत बजारमा ल्याएको हो ।
गीतको भिडिओमा गायक बस्नेत र व्यावसायिक मोडल तथा चर्चित नायिका पूजा गिरीको अभिनय देख्न सकिन्छ । गीतलाई प्रतिष्ठित निर्देशक सोनाम पाख्रिनले निर्देशन गरेका हुन् । बस्नेतकै शब्द रहेको गीतको संगीत भने सुरेश राईले गरेका हुन् ।
समुधुर संगीत र स्वरको मिलानले गीतलाई अत्याधिक मन पराएका छन् । प्रेमिल शब्द, शब्दअनुसारको समुधुर स्वर र गीतअनुसारको अभियनले गीतलाई झनै रोमाञ्चक बनाएको छ । डेढ हप्तामा गीतलाई युट्युबमा एक लाखभन्दा बढीले हेरिसकेका छन् ।