राप्तीमा राष्ट्रिय वाणिज्य बैंकको देउखुरी शाखा सुरु

शिवु खनाल २३ जेष्ठ २०८२, बिहीबार समाचार

शिवु खनाल,देउखरी। राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सेवा विस्तार गर्दै देउखुरी उपत्यकाको राप्ती गाउँपालिका वडा नम्बर ४ श्रीनारायण चोकमा नयाँ शाखा स्थापना गरेको छ । यो शाखा बैंकको ३०१ औँ शाखा हो, जसले बिहिवारदेखी औपचारिक रूपमा सेवा सुरु गरेको छ । बैंकले देउखुरीको यो शाखा मार्फत् स्थानीय बासिन्दाहरूलाई सुलभ, भरपर्दो र डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । अब स्थानीयवासीहरू लाई बैंकिङ सेवाका लागि तुलनात्मक रूपमा टाढा जानु नपर्ने भएको छ । यो शाखाबाट खाता खोल्ने, नगद जम्मा र झिक्ने, कर्जा सेवा, रेमिट्यान्स सेवा, मोबाइल बैंकिङ, अनलाइन भुक्तानी जस्ता सम्पूर्ण आधुनिक सेवा उपलब्ध हुने शाखा प्रबन्धक बिष्णु गैरेले जानकारी दिए।

उहाँका अनुसार देउखुरी क्षेत्रमा कृषि, व्यवसाय, पर्यटन तथा घर निर्माणमा लगानी गर्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै सहज ऋण सुविधा पनि संचालनमा ल्याइनेछ । विशेषगरी स्थानीय युवा, महिला उद्यमी तथा किसानहरूलाई प्राथमिकतामा राख्दै वित्तीय पहुँच विस्तार गरिने योजना रहेको प्रबन्धक गैरेले बताए । राष्ट्रिय वाणिज्य बैंकको आगमनले स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्नुका साथै वित्तीय साक्षरताको वृद्धि गर्दै स्थानीय उत्पादन र सेवाको व्यवसायिकरणमा सघाउ पु¥याउने बिश्वास गरिएको छ । शाखा सुरु भएसँगै राप्ती लगायत आसपासका क्षेत्रका ग्राहकहरू अब सजिलै बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् । देउखुरी उपत्यका कृषि प्रधान क्षेत्र हो, जहाँ बैंकको उपस्थितिले कृषिमा आधारित उद्यम विस्तारका लागि ऋण तथा अन्य आवश्यक वित्तीय सहुलियत उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बिश्वास गरिएको छ । स्थानीय व्यवसायी तथा समाजसेवीहरूले पनि बैंकको स्थापनालाई स्वागत गरेका छन् । स्थानियका अनुसार देउखुरीमा एक प्रतिष्ठित र भरपर्दो बैंकको आवश्यकता थियो, जुन अब पूरा भएको छ ।

शाखा प्रबन्धक गैरेले सम्पूर्ण ग्राहकवर्गलाई गुणस्तरीय सेवा दिन आफू र आफ्नी टोली पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । साथै, बैंकले आगामी दिनमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम मार्फत स्थानीय समुदायसँग अझ नजिक हुने योजना बनाइरहेको जानकारी दिए । नव स्थापना भएको देउखुरी शाखा अब स्थानीय समुदायको आर्थिक समावेशीकरणमा टेवा पु¥याउने एक महत्वपूर्ण वित्तीय केन्द्र बन्ने विश्वास गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार