प्रेस सेन्टर नेपाल, प्रतिष्ठान प्रदेशमा लक्ष्मण दर्नालको अध्यक्षतामा २१ सदस्यीय नेतृत्व

काठमाडौं । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अध्यक्षमा लक्ष्मण दर्नाल निर्विरोध चयन भएका छन् । प्रतिष्ठान प्रदेशको बिहीबार काठमाडौंको सम्वाद डबलीमा सम्पन्न चौथो अधिवेशनले दर्नालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

दर्नाल करिव १५ वर्षदेखि गोरखापत्र दैनीकमा कार्यरत रहेका छन् । दर्नाल यस अघि प्रेस सेन्टर नेपालको पदाधिकारी सरहको हैसियत रहेको नीति तथा परामर्श समितिको सदस्य थिए ।

प्रतिष्ठान प्रदेशको खुला उपाध्यक्षमा विजय फुयाँल, महिला उपाध्यक्षमा पार्वती खड्का, समावेशी उपाध्यक्षमा विवेक लोप्चन, महासचिवमा विमल खड्का, खुल्ला सचिव ईश्वर विक, मधेशी सचिवमा रमिता यादव, महिला सचिवमा समुन्द्रा घिमिरे, दलित सचिवमा हरि जिज्ञासु, समावेशी सचिवमा प्रेमकुमार श्रेष्ठ र कोषाध्यक्षमा हरि रिमाल सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा निर्वाचित लोप्चन उज्यालो नेटवर्क डटकमका डेस्क सम्पादक हुन् ।

समितिको सदस्यमा कृष्ण सिलाल, हरि दुलाल, कुलबहादुर ओली, गणेश पाण्डे, कुमार बिबेकानन्द मिश्र, लक्ष्मण दङ्गाल, समुन्द्र गिरी, नारायण बिश्वकर्मा, बिरेन्द्र धामी, काशीराम जैसी पनि सर्वसम्मत चयन भएका छन् ।

प्रतिष्ठान प्रदेशको चौथो अधिवेशनको उद्घाटन प्रेस सेन्टर नेपालका इञ्चार्ज समेत रहेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम प्रवक्ता अग्नि सापकोटाले गरेका थिए भने उद्घाटन समारोहका पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका पार्टीका स्थायी समिति सदस्य रेखा शर्मा, प्रेस सेन्टर नेपालका बरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्यक्ष एवम प्रतिष्ठान प्रदेशका इञ्चार्ज बिदुर खड्का, प्रेस सेन्टर नेपाल बागमती प्रदेश इञ्चार्ज समे रहेका उपाध्यक्ष लक्ष्मण खड्का, उपाध्यक्ष गंगा बराल, महासचिव सन्तोष पौडेल लगायतको उपस्थिति रहेको थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशका तत्कालिन अध्यक्ष बिरेन्द्र ओलीको अध्यक्षतामा चौथो सम्मेलन सम्पन्न भएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार