काठमाडौंमा गुण्डागर्दी बढ्दै ! कुटिए गृहमन्त्रीका भान्जा

काठमाडौं । एमाले र कांग्रेसको संयुक्त सरकार बनेसंगै काठमाडौंमा गुन्डागर्दी मौलाउदै गएको छ । विशेषगरी नेपाली कांग्रेस निकट गुन्डाहरुले दिनदहाडै व्यापारीलाई धम्क्याउने थर्काउने समाचारहरु आइरहेको बेला पुनः काठमाडौंको दरबारमार्गमा गृहमन्त्री रमेश लेखकको भान्जा बताउने युवक माथि एक समूहले निर्घात कुटपिट गरेका छन् ।

गृहमन्त्री लेखकका भान्जा बताउने रमेश भट्टलाई नेपाली कांग्रेस निकट तरुण दलका केन्द्रीय सदस्य एवम् टोले गुण्डा कुलध्वज लामाको समूहले कुटपिट गर्दा गम्भीर घाइते भएपछि भट्टलाई उपचारका लागि अस्पतालमा भर्न गरेका छन् ।

दरबारमार्ग स्थित संजीव लामा ‘स्याल’ले सञ्चालन गरेको लिक्विड लाउञ्जमा शुक्रबार राति बैतडीका रमेश भट्ट माथि कुलध्वज लामाको समुहले आक्रमण गरेका थिए ।

उक्त घट्नामा संलग्न कुलध्वज सहित काभ्रे जिल्ला भुम्लु गाउँपालिका-४ घर भएका सुजन तामाङ, तेमाल गाउँपालिका-७ का मिलन लामा, भुम्लु गाउँपालिकाका सुलभ पहरी, तेमाल गाउँपालिका-५ का का युवराज लामा, सिन्धुपाल्चोक जुगल घर भएका दावा तामाङ, मोरङको उर्लाबारी नगरपालिका-७ का डम्बर बहादुर कार्की र काभ्रेको तेमाल गाउँपालिका-५ का शक्ति लामा लगायतका गुन्डागर्दीमा संलग्न युवाहरू प्रहरीले पक्राउ गरिसकेका छन् ।

प्रहरीका अनुसार कुलध्वज विरुद्ध २०६९ सालमा वृत्त दरबारमार्गमा ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएको थियो भने २०७२ सालमा डाँका चोरी मुद्धामा ११ महिना धुलिखेल कारागारमा बसेका थिए ।

यस्तै उनीहरुमध्ये सुजन तामाङ तरुण दल काभ्रेका अध्यक्ष हुन् । उनी गुन्डा नाइके धावा लामाको भाइ हुन । धावा लामाकै दबाबमा उनी तरुण दल काभ्रेका अध्यक्ष भएको कांग्रेसका एक सदस्यले बताए । धावा लामाको आँडमा उनी पछिल्लो समय गुन्डागर्दीमा सक्रिय रहेको एक प्रहरी अधिकृतले बताए । गुन्डा नाइके धावा लामा उपाध्यक्ष रहेको भुम्लो गाउँपालिकाको ठेक्कपट्टमा सुजनको एकछत्र राज छ । उनीविरुद्ध पनि ललितपुर परिसरबाट राजन श्रेष्ठको जाहेरीले ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएको थियो ।

पक्राउ परेका सुलभ पहरी भुम्लो गाउँपालिकाको कार्यपालिका सदस्य हुन भने भुम्लो गाउँपालिका तरुण दल अध्यक्ष हुन । उनले भुम्लो गाउँपालिकाको सवारीसाधन दुरुपयोग गर्ने, धावा लामाको आँडमा दोलालघाट क्षेत्रमा आतंक सिर्जना गर्दै आएको प्रहरीको रिपोर्टमा छ ।

युवा राज लामा तरुण दल काभ्रेको जिल्ला सदस्य हुन् । मिलन लामा पब्लिक युथ क्याम्पस धोविचौरको स्ववियु उपसभापति हुन् । पक्राउ परेका अर्का दावा तामाङ सिन्धुपाल्चोक जुगल गाउँपालिकाका तरुण दलका अध्यक्ष हुन् । उनलाई प्रदेश सांसद कृष्णकुमार तामाङ ‘समिर’ले संरक्षण गर्छन् ।

दुवैथरी नेपाली कांग्रेस निकट भएकाले दुवै पक्षले गृहमन्त्रीलाई दबाब दिइरहेका छन् । पक्राउ परेकालाई दरबारमार्ग वृत्तमा नराखी काठमाडौं परिसरले नै अनुसन्धान अघि बढाएको छ। केही समय अगाडि दरबारमार्गको ‘प्लाटिनम डिस्को’ मा बालुवाटारका प्रतीकभाष्कर सिंहमाथि आक्रमण गरेको आरोपमा रोशी गाउँपालिका घर भएका कुलध्वज लामासहितको १० जनाको समूहलाई प्रहरीले पक्राउ गरेका थिए । उनिहरुलाई नेपाली कांग्रेसका नेताहरूको दबाबमा प्रहरीले छाडेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार