माल्टा । गैरआवासीय नेपाली संघ माल्टाका अध्यक्ष रेम्स खनाल नेतृत्वको प्रतिनिधिमण्डल र माल्टाको राष्ट्रपतिबीच ऐतिहासिक भेटवार्ता भई सम्पन्न भएको छ। बुधबार भएको यो भेटवार्ता नेपाल र माल्टाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण रहेको अध्यक्ष खनालले उज्यालो नेटवर्कलाई जानकारी दिए ।
सम्पन्न यस महत्वपूर्ण बैठकमा NRNA NCC Malta तर्फबाट अध्यक्ष सहित चारजना प्रतिनिधिको सहभागिता थियो। छलफलका क्रममा द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने, नेपाली समुदायको कल्याण र माल्टा तथा गोजमा बस्ने नेपालीहरूको मुद्दामा गहन छलफल भएको अध्यक्ष खनालले बताए । “साथै, सामाजिक, सांस्कृतिक, र आर्थिक क्षेत्रमा सहकार्य गर्नका लागि नयाँ सम्भावनाहरूको खोजी गर्ने प्रतिबद्धता व्यक्त गरियो।” उनले भने ।
यस अवसरमा माल्टाका सम्माननीय राष्ट्रपतिले नेपाली समुदायको योगदानको सराहना गर्नुभएको थियो र भविष्यमा अझ सशक्त सहकार्यको अपेक्षा गर्नुभएको छ। भेटवार्ताले नेपाल र माल्टाबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने विश्वास लिइएको छ।
Nepal र Malta बीचको यो ऐतिहासिक भेटवार्ता नेपाली समुदायका लागि गर्वको विषय बनेको छ।






