कोशी नाम खारेजीको माग गर्दै जसपा नेपालको जुलुस

उज्यालो प्रतिनिधि ७ आश्विन २०८१, सोमबार उज्यालो फोकस

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै जुलुस निकालेको छ । कोशी नामलाई खारेज गर्नुपर्ने र पहिचानका आधारमा प्रदेशको नामकरण गर्न माग गर्दै जसपा नेपालले पाँचथरको फिदीममा सोमबार जुलुस निकालेको हो ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा पहिचान झल्किने भेषभुषा र बाजागाजासहित नेता, कार्यकर्ता तथा पहिचानवादीहरू जुलुसमा सहभागी भएका थिए । जुलुसमा पहिचानको मान्यता, समानुपातिक समावेशिता, सुशासन र सामाजिक न्यायको नारा लगाइएको थियो ।

जसपा नेपालले कोसी नाम खारेजी र पहिचानका आधारमा प्रदेशको नामकरणका लागि रकम चेम्जोङको नेतृत्वमा सङ्घर्ष समिति गठन गरेको छ ।

यसैबिच जिल्ला समन्वय समितिकोको सभा हलमा जसपा नेपालले सोमबार नै आधारभूत सङ्गठन निर्माण अभियानअन्तर्गत अभियन्ता अभिमुखीकरण कार्यक्रम गर्न लागेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार