देउखुरी । देउखुरीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । लमही नगरपालिका –९ स्याले निवासी चक्र बहादुर उर्फ श्याम कुमार कुमालको कुटपिटबाट उनको श्रीमती अन्दाजी ४० इश्वरी कुमालको घटनास्थलमै मृत्यु भएको हो ।
कुटपिटबाट मृत्यु भएकी श्रीमतीलाई बाटोमा छोडेर श्रीमान श्याम कुमार घर छोडेर भागेका थिए । उनलाई जलकुन्डीबाट गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
मृतकका श्रीमान श्याम कुमारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राम प्रसाद तिमिल्सिनाले जानकारी दिएका छन ।
स्थानीयका अनुसार कुमाल दम्पति दैनिक जसो मादक पदार्थ सेवन गर्ने, झैंझगडा गर्ने, कुटपिट सम्म गर्ने गर्दथे । अहिले इश्वरीको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा पठाइएको छ । उनिहरुका तीन छोरी एक छोरा रहेका छन् ।






