आठ अर्ब हिनामिनाको आरोप लागेका आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती जेल चलान

उज्यालो प्रतिनिधि १७ श्रावण २०८१, बिहीबार उज्यालो फोकस

काठमाडौं । आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीका संस्थाका अध्यक्ष कृष्णप्रसाद (केबी) उप्रेती जेल चलान भएका छन् । बचतकर्ताको करिब आठ अर्ब हिनामिनाको आरोप लागेका उनलाई जिल्ला अदालत, काठमाडौंले मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

प्रहरीले गत १९ असारमा उनलाई पक्राउ गरेको थियो । उनीविरुद्ध चारवटा छुट्टाछुट्टै मुद्दा दायर भएका छन् । पाँचवटा सहकारी मर्ज भएर गत वर्ष सो संस्था बनेकोमा उप्रेतीलाई अध्यक्ष बनाइएको थियो ।

उप्रेती अध्यक्ष रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, कुयाङ लामा अध्यक्ष रहेको आइडियल यमुना सहकारी, सुकेधारा, हस्त राउत अध्यक्ष रहेको नागरिक कल्याण बहुउदेश्यीय सहकारी, न्युरोड, मनोजकुमार थापा अध्यक्ष रहेको हाम्रो बहुउद्देश्यीय सहकारी संस्था नैकाप र मोहनकुमार लामा अध्यक्ष रहेको घेदुङ बहुउद्देश्यीय सहकारी संस्था, चुच्चेपाटीबीच मर्ज भएको थियो । सबै सहकारीको छुट्टाछुट्टै जाहेरी लिएर प्रहरीले मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालतले उप्रेतीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी जेल चलान भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका डिएसपी हरि खतिवडाले बताए । सहकारीका अन्य सञ्चालकहरू भने फरार छन् । राष्ट्रिय सहकारी बैंकका अध्यक्षसमेत रहेका उप्रेती एमालेको सहकारी विभागमा सचिवका रूपमा कार्यरत थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार