काठमाडौं । तामाङ समुदायको पहिलो र्याप गायक उत्तर लामा संगुलले तामाङ एकताको सन्देश सहित नयाँ र्याप गीत बजारमा ल्याएको छ ।
विशेषगरी घोचपेच,आरोप/प्रत्यारोप अनि छाडा शब्दमा रम्दै आएको पछिल्लो युवा पुस्तालाई गायक लामाले अभिभाकत्व सहित हामी एक हुनुपर्छ भन्ने आह्वन सहित नयाँ र्याप गीत बजारमा ल्याएको छ ।
भिडियोमा गायक लामालाई तामाङ समुदायको चर्चित नायक कुमार मोक्तानसंगै सुस्मिता मोक्तान, लमिन थिङ, राजु थिङ लगायतका कलाकारहरुले साथ दिएका छन् भने शब्द संगीत भने गायक लामाकै रहेको छ । भिडियोको निर्देशन प्रतीक ङ्यासुरले गरेका छन् ।
अधिकांश र्याप गीतहरुमा छाडा शब्द अनि अरु माथि डिस हान्ने नाममा घोचपेचले समाज नकारात्मक हुदै गइरहेको समयमा यस गीतले भने सकारात्मक सन्देश दिने मात्रै नभइ तामाङ एकताको लागि समेत टेवा पुर्याउने विश्वास भिडियो निर्माण टिमले लिएको छ ।






