देउखुरी । देउखुरीमा वन मौरी (भिरे) ले टोक्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ राजपुर गाउँपालिका वडा नम्बर ७ लैबरुवाका ३५ वर्षिय खीमबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।
शनिबार अपरान्ह ५ बजेको समयमा साथिहरुसंग घर नजिकैको जंगलमा वन मौरी (भिरे) को चाका काट्न गएका थिए ।
सिमलको रुखमा मौरी काट्न चढेका बेला मौरीले टोकेर गम्भीर घाइते भएका खीमबहादुरलाई उपचारका लागि लमही अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक कुमालको शवलाई पोस्टमार्टमका लागि लमही अस्पताल राखिएको छ ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।






