तनहुँमा सवारी दुर्घटनामा चार महिनामा १२ को मृत्यु

उज्यालो प्रतिनिधि १० मंसिर २०७८, शुक्रबार उज्यालो फोकस

तनहुँ । सवारी दुर्घटनामा परी तनहुँमा चार महिनामा १२ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको हो ।

पृथ्वीराजमार्गका विभिन्न खण्डमा उक्त अवधिमा २७ वटा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । दुर्घटनामा परी ४० जना घाइते भएका थिए ।

सडकको भौगोलिक बनावट र खाल्डाखुल्डी पनि सडक दुर्घटनाको प्रमुख कारण रहेको प्रहरी नायब उपरिक्षक तिमिल्सिनाले बताए ।

पृथ्वीराजमार्ग अन्तर्गत कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाला, विमलनगर, आँबुखैरेनीस्थित पावरहाउस बढी दुर्घटना हुने स्थानहरु हुन् । राजमार्गमा सवारी दुर्घटना न्यूनीकरणका लागि गत असोज ३ गतेदेखि राडर गनको प्रयोग थालनी गरिएको छ ।

यस अवधिमा प्रहरीले १५ हजार एक सय सवारी साधनलाई कारवाही गरेको छ । कारवाहीबाट रु एक करोड २२ लाख ७५ हजार राजश्व सङ्कलन भएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि चालकसँग एक मिनेट कार्यक्रम अन्तर्गत चार महिनाको अवधिमा दुई सय ७६ पटक कार्यक्रम सञ्चालन गर्दा २३ हजार आठ सय ९७ जना चालक लाभान्वित भएका छन् ।

सवारी दुर्घटना न्यूनीकरणका लागि पर्चा, पम्लेट वितरण गरिएको छ भने ४३ वटा कक्षा सञ्चालन गर्दा सात हजार ६४० लाभान्वित भएको प्रहरीले जनाएको छ । प्रहरीले सरकारी कार्यालयका सवारी चालकलाई पनि प्रशिक्षण दिन थालेको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार