सवारी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुल्यो

शिवु खनाल १० श्रावण २०७८, आईतवार समाचार

दाङ । लमहीको अर्नवामा मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको छ ।मृतक प्युठान जिल्ला सरुमारानी गापा वडा नम्बर ६ रक्षा घर भै हाल घोराही उपमहानगर पालिका वडा नम्बर १ स्थित ससुराली बस्दै आएका अन्दाजी २८/२९ वर्षका युबराज राना भएको प्रहरी बताएको छ ।

सिसहनियाँ देखि घोराही तर्फ जाँदै गरेको लु १५ प ६३२१ नम्बरको मोटरसाइकलमा दाङ्ग बंगलाचुली गाउँपालिका वडा नम्बर ३ मुलाबारी बस्ने वर्ष २४ का खेमराज बाठा र राना सवार रहेका थिए । मोटरसाइकल बाठाले चलाएको र राना पछाडी बसेको प्रहरी समक्ष बाठाले बयान दिएका छन।

मोटरसाइकल चालक बाठा वडा प्रहरी कार्यालय लमहीको नियन्त्रणमा रहेको र मृतकको शब् भोलि मात्र पोष्ट मार्टम गरेर आफन्तलाई जिम्मा लगाईने वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार