निर्वाचनमा गरेका बाचा पुरा गर्छौ : अध्यक्ष मल्ल
क्रिस भुर्तेल,पर्वत । पर्वतको पैयु गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले आफुले निर्वाचनमा गरेका बाचा प्रतिबद्धता पुरा गर्ने बताएका छन । पैंयू गाउँपालिका वडा नं ५ भुर्तेलथोकमा श्रीकृष्णा जन्माष्टमीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । अध्यक्ष मल्लले पैयु ५ का जनताहरुले आफुलाई व्यक्तिगत रुपमा माया र सहयोग गरेको बताए । उनले भने,- 'तपाईंहरुले जुन विश्वास ले मलाई मत दिनुभएको छ र समग्र गाउँपालिका को जिम्मेवारी प्रदान गर्नुभएको छ त्यसलाई म सदैव इमान्दार भएर पुरा गर्नेछु।' मल्लले पैयु ५ बाट प्राप्त मतको उच्च कदर गर्दै आफुले निस्वार्थ र जिम्मेवारीपुर्ण तरिकाले आफुले समग्र गाउँपालिकाको विकासका निम्ति सदैव आफु खटिने बताएका हुन । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...







