भोजपुरमा सत्ता साझेदार दलबीच सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय

उज्यालो प्रतिनिधि २७ चैत्र २०७८, आईतवार १ नं. प्रदेश

काठमाडौँ । आगमी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता साझेदार दलले जिल्लाका सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेका छन् । केन्द्रको निर्णयबमोजिम शनिबार यहाँ बसेको स्थानीय पाँच दलको बैठकले जिल्ला समन्वय समिति, नौ स्थानीय तह र ८१ वटैमा वडामा तालमेल गरेर अघि बढ्ने निर्णय संयुक्त विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन् ।

बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझी, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य अजम्बर काङमाङ राई, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा सङ्घीय सांसद सुदन किराँती, कांग्रेस भोजपुरका सभापति विनोद बान्तावा, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य रमेश शाक्यको उपस्थिति थियो ।

त्यस्तै जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य रामसिंह राई, एकीकृत समाजवादी भोजपुरका अध्यक्ष वीरजङ्ग राई र जनता समाजवादी पार्टी नेपाल भोजपुरका अध्यक्ष आशकुमार राईलगायतको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार