नेपालमा कोरोना संक्रमितको संख्या कती पुग्यो ? कहाँ-कहाँ थपिए
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुगेको छ । थप १८९ जना संक्रमित थपिएका छन् । शनिबार स्वास्थ्य तथा नजसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार कपिलवस्तुमा १०९ जना, सप्तरीमा ९ जना, सर्लाहीमा १७, झापामा १, बारामा १, पर्सामा १, रौतहटमा ६, दाङमा ५, धनुषामा ७ जना, ललितपुरमा १ जना, महोत्तरीमा ४ जना, सिराहामा ११ जना, दैलेखमा १४ जना, शंखुवासभामा २ जना रहेका छन्। पछिल्लो पटक १३ जना कोरोनाभाइरस मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै अहिलेसम्म कूल २१९ जना डिस्चार्ज भएका छन् । थप पढ्नुहोस् ...












