कोरोनाभाइरसभन्दा कैयौं ठूलो महामारी आउन सक्ने वैज्ञानिकको चेतावनी

उज्यालो प्रतिनिधि १७ जेष्ठ २०७७, शनिबार विश्व

काठमाडौं । अमेरिकाका चर्चित वैज्ञानिकले निकै डरलाग्दो चेतावनी दिएका छन् । वैज्ञानिक माइकल ग्रेगरले विश्वलाई चेतावनी दिँदै भनेका छन् कि कुखुरा फार्मबाट यस्तो भाइरस निस्किन सक्छन् जसबाट कोरोनाभाइरसबाट भन्दा ठूलो महामारी उत्पन्न हुन सक्छ ।

मानिसहरुलाई केवल शाकाहारी खाना खान सल्लाह दिने वैज्ञानिक मायकल ग्रेगरले आफ्नो नयाँ किताब ‘महामारीको क्रममा कसरी बच्ने’ (हाउ टु सर्भाइभ अ प्यान्डेमिक)मा भनेका छन् कि ठूलो मात्रामा कुखुरापालन बढ्दै जाँदा खतरा बढेको छ । ग्रेगरका अनुसार कुखुरा फार्मबाट निस्किने भाइरस यतिसम्म खतरनाक हुनेछ कि आधा विश्व खतरामा पर्नेछ ।

यद्यपि माइकल ग्रेगरको भविष्यवाणीसँग सम्बन्धित कुनै प्रमाण सार्वजनिक गरिएका छैनन् । अन्य कुनै वैज्ञानिकले पनि उनको दावीको पुष्टि गरेका छैनन् । तर, माइकल ग्रेगरले भनेका छन् कि मानिसको अन्य जीवसँग नजिकको सम्बन्धले नै उसका लागि खतरा उत्पन्न गरिरहेको छ । अहिलेसम्मको जानकारीका आधारमा कोरोनाभाइरस पनि चमेराबाट मानिसमा फैलिएको मानिएको छ । चीनको वुहानस्थित जंगली जनावरको बजारबाट यो फैलिएको विश्वास गरिएको छ ।

डेलीमेलको रिपोर्ट अनुसार अमेरिकी वैज्ञानिक माइकल ग्रेगरको दावी छ कि कुखुरा फार्मबाट फैलिने भाइरसबाट उत्पन्न हुने खतरा कोरोनाभाइरसभन्दा कैयौं ठूलो हुनेछ र यसबाट विश्वको आधा जनसंख्या समाप्त हुन सक्छ । यो खतराबारे विश्वका अन्य कुनै वैज्ञानिकले पुष्टि गरेका छैनन् तर कोरोनाभाइरस फैलिएपछि भने जंगली जनावरको बजार बन्द गर्न माग उठिरहेको छ । ग्रेगरले भने अब प्रश्न ‘यदि’ महामारी आयो भने, भन्ने नभइ महामारी ‘कहिले’ आउँछ भन्ने भएको बताएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार