अमेरिकामा वेरोजगारी भत्ताको दावी गर्नेहरुको सङ्ख्या १५ लाख पुग्यो
एजेन्सी । अमेरिकामा कामबाट निकालिएर वेरोजगारी भत्ताको दावी गर्नेहरुको सङ्ख्या १५ लाख पुगेको छ । अघिल्लो हप्तासम्म यसरी बेरोजगारी भत्ता दावी गर्नेहरुको सङ्ख्या अनेपेक्षित भएको अधिकारीहरुले बताएका छन् । अहिले पनि धेरै अमेरिकीहरुले जागिर गुमाउने क्रम जारी नै रहेको उनीहरुले जानकारी दिएका छन् । अर्थतन्त्र र बजारमा विस्तारै सुधार हुदै गएपनि रोजगारी गुमाउने क्रममा भने नरोकिएको हो । अमेरिकामा अहिले धेरै क्षेत्रमा व्यापारिक गतिविधिहरु आंशिक रुपमा भएपनि सञ्चालन हुँदै आएका छन् । श्रम विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार कामबाट निस्काशित हुनेहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । विषेश गरेर रेस्टुरेन्ट, खुद्रा व्यापारहरु र साना व्यवसायमा कार्यरतहरु जागिरबाट निस्काशित भएको पाइएको अधिकारीहरुले बताएका छन् । उनीहरुलाई रोजगारदाताले फेरि बोलाउने अपेक्षा गरिएपनि निश्चित भने नभएको बताइएको छ । अमेरिकामा रोजगारी गुमाउनेहरुको सङ्ख्या थप पढ्नुहोस् ...












