नवलपरासी

कावासोतीका किसान कागतीखेतीमा

मध्यविन्दु   ।   नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका वडा नं १७ गोछडाटारका सागर लम्साल आजभोलि कागतीका बिरुवा रेखदेखमा व्यस्त हुुनुहुन्छ । पन्ध्र वर्षदेखिको वैदेशिक रोजगारीको यात्रालाई विट मार्दै लम्सालले गत वर्षदेखि सुनकागती लगाउन सुरु गरे । “अहिले बारीमा कागती फूल खेल्न थालेका छन्, यसैको रेखदेख र स्याहारमा दिन बित्ने गरेको छ”, लम्सालले भन्नुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत उनले अनुदानमा सुनकागती–१ का बिरुवा लगाउनुभएको हो । लम्सालले भने, “बिरुवामा ५० र सिँचाइमा ८५ प्रतिशत अनुदान पाएसँगै व्यावसायिकरुपमा कागती खेतीलाई अगाडि बढाउन सहयोग पुगेको छ ।” परियोजनामार्फत पिभिसी ट्याङ्की, ट्याङ्की स्यान्ड, मोटर, पाइपलाइन विस्तार, सुनकागती–१ को ‘ग्राफ्टेड’ बिरुवा, घरेलु झोल मल निर्माणलगायतमा अनुदान प्राप्त भएको उनले बताए। लम्सालका अनुसार कागती खेती लगाउन तथा हेरचाह गर्ने विषयमा पनि परियोजनाले  सहजीकरण गरिरहेको छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ५ श्रावण २०८०, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार