जितिया पर्वका दिन आमासंगै खोलामा नुहाउन गएको बालक बेपत्ता

उज्यालो प्रतिनिधि ३ आश्विन २०७९, सोमबार समाचार

 

रबिन्द्र यादव
नवलपरासी पश्चिम ।  नवलपरासी पश्चिममा आमासंगै नुहाउन गएका ११ वर्षे बालक अंगद माली प्रतापपुर गाउँपालिका वडा नं.६ स्थित टुटहा पुलको कंगली खोलामा डुबेर हराइरहेका प्रहरीले बताएको छ ।

प्रतापपुर गाउँपालिका वडा नं ६ गूठी परसौनी गाउँका स्थानीय रामकान्त मालीको ११ वर्षे छोरा जितिया पर्वको अवसरमा खोलामा स्नान गर्ने परम्परा अनुसार स्नान गर्न जांदा आमासंगै गएका छोरा नुहाउने क्रममा बेलुका साढे पाच बजे पानीमा हराइरहेको प्रहरी चौकी रामनगरका प्रमुख धर्म बहादुर कुंवरले बताए ।

स्थानीयवासीका अनुसार व्रतालु महिलाहरू अपरान्ह नदीमा नुहाउन जान लाग्दा आमाका साथमा बच्चाहरू समेत गएका थिए तथा आफुखुशी नुहाउने क्रममा डुब्न लागेका २ जनाको स्थानीयले उद्धार गरेका थिए ।
११ वर्षे बालक माली कतै नभेटिएपछि उनी पानीमा डुबेको हुनसक्ने अनुमानको अधारमा नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयले खोजी कार्य शुरु गरेका हुन । अहिले उनको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

यसैगरी जितिया पर्वको अवसरमा प्रतापपुर गाउँपालिका वडा नं . ६ पश्चिम गण्डक नहरको हरपुर(झुलनिपुर) छठ घाट स्थित स्नान गर्न आए कि दुई भारतीय व्रतालु महिला स्नान गर्ने क्रममा डुब्न लागेको अवस्थामा स्थानीयले देखेपछि बचाएका हुन ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार