नवलपरासीस्सशस्त्र प्रहरीलाई ठुलो सफलता ९० लाखको चिनी नियन्त्रणमा

उज्यालो प्रतिनिधि २ कार्तिक २०७९, बुधबार समाचार

 

 

रबिन्द्र यादव
नवलपरासी पश्चिम ।  नवलपरासी पश्चिममा ९० लाख बराबरको अबैध चिनी सहित २ वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

आज बिहान जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं.२ स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट हरपुरबाट सशस्त्र प्रहरी निरिक्षक सुरेन्द्र बहादुर बोहराको कमाण्डमा खटिएको टोली र महेशपुर भन्सार कार्यालयबाट खटिएको सुब्बा मोहराज जैशीको नेतृत्वमा खटिएको संयुक्त गस्तीटोलीले ना ६ ख २१९७ नम्बरको ट्रक सहित ४२० बोरा (२१ हजार किलोग्राम) चिनी नियन्त्रणमा लिएको हो ।

यसैगरि आजै बिहान रामग्राम नगरपालीका वडा नं।५ स्थित परासी ( भैरहवा हुलाकी मार्गमा लु १ ख ९८७१ नम्बरको ट्रक सहित ४२० बोरा (२१ हजार किलोग्राम) चिनी नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको चिनी सहित ट्रक आवश्यक कारवाहीको लागी सुरक्षा समेत प्रदान गरि महेशपुर भन्सार कार्यालय पठाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण नवलपरासीका सुचना अधिकारी केशव राज थापाले बताए ।

सशस्त्र प्रहरी नेपाल गण नं २६ बेलाशपुरका गणपति रुप कुमार क्षेत्रीको कडा निर्देशनमा धमाधम अबैध सरसरमान नियन्त्रणमा लिएर भन्सार पठाउने गरिएको सशस्त्र प्रहरी स्रोतले बताएको हो । गण मातहतका सम्पुर्ण बिओपी र कमान्ड पोस्टलाई भन्सार छलेर ल्याइएको अबैध समानहरु नियन्त्रणमा लिन कडा निर्देशन आएको एक अधिकारीले बताए ।

 

उज्यालो नेटवर्कका अरु समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार