आगलागीबाट १३ लाखको क्षति

उज्यालो प्रतिनिधि २६ भाद्र २०७९, आईतवार समाचार

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को छुट्टाछुट्टै दुई स्थानमा आगलागी हुँदा रु १३ लाख बढीको क्षति भएको छ । शनिबार राति भएको उक्त आगलागीको घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार गए राति करिब १० बजेको समयमा जिल्लाको मध्यविन्दु नगरपालिका–२ सीतापुरमा रहेको किराना पसलमा आगलागी भएको थिए । स्थानीय ३७ वर्षीय राजकुमार महतोको चारकोठे कच्ची घरको किराना पसलमा विद्युत् सर्ट भई आगाली भएको सूचना अधिकारी पाठकले बताए । आगलागीको सूचना पाएलगत्तै प्रहरी चौकी कोल्हुवाबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहायतामा आगलागी नियन्त्रणमा लिएको थिए ।

उक्त आगलागीबाट किराना पसलको सामान, फ्रिजलगायतको सामग्री जली करिब रु छ लाख बराबरको क्षति भएको जनाइएको छ ।

त्यस्तै गए राति ९ः४५ बजेको समयमा देवचुली–१३ को भाजियापुरी टोलस्थित आशाको किरण शिशु स्याहार केन्द्रको भवनमा समेत विद्युत्को तार सर्ट भएर आगलागी भएको सूचना अधिकारी पाठकले बताए । आगलागी भएको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय कावासोती, इलाका प्रहरी कार्यालय रजहर तथा अस्थायी प्रहरी पोष्ट दलदलेबाट खटिएको प्रहरी टोली, स्थानीयवासी र कावासोती नगरपालिकाको दमकलको सहायताले आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सो आगलागीबाट भाँडावर्तन र भवन गरी करिब रु सात लाख बराबरको क्षति भएको र थप अनुसन्धान जारी रहेको जनाइएको छ ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार