नवौँ राष्ट्रिय खेलकुद : खेलस्थल अझै टुङ्गो लागेन
पोखरा । गण्डकी प्रदेशमा दोस्रो पटक ३९ वर्षपछि आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउन अब एक महिना समय बाँकी छ । प्रदेशको राजधानी पोखरासहित प्रदेशका ११ वटै जिल्लामा असोज २८ देखि कात्तिक ३ गतेसम्मको नवौँअन्तर्गतका खेल खेलाउने योजना यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को थियो । सबै जिल्लालाई राष्ट्रिय खेलकुदको अपनत्वका लागि प्रत्येक जिल्लामा कम्तिमा एक खेल खेलाउने योजना रहे पनि खेल पूर्वाधार अभावका कारण सबै जिल्लामा खेलाउन सम्भव देखिएको छैन । राखेपले यही भदौ १५ गतेभित्रमा प्रतियोगिताअन्तर्गतका सबै खेलका खेलस्थल टुङ्गो लगाउने जनाएको थियो । प्रतियोगिताको मिति नजिकिँदै जाँदा समेत प्रतियोगितास्थल तय नहुँदा खेलाडी, प्रशिक्षक तथा खेल सङ्घमा अन्योलता छ । कास्की जिल्ला फेन्सिङ सङ्घका अध्यक्ष विजय शाहीले प्रतियोगिताका लागि तयारी सुरु गरे पनि खेलस्थलको टुङ्गो नलाग्दा थप पढ्नुहोस् ...








