रुकुमपूर्वको सदरमुकाम गोल्खाडा हुनुपर्ने भन्दै काठमाडौंमा भोलि शान्ति ¥यालीको आयोजना
काठमाण्डौँ २७ माघ । रुकुम पूर्वको सदरमुकाम गोल्खाडा घोषित भइसक्दापनि त्यहाँबाट प्रशासनिक कामकारवाही सुरु नगरेपछि गोल्खाडा सरोकार समितिले दवावमूलक कार्यक्रमको घोषणा गरेको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरेर रुकुम पूर्वको सदरमुकाम गोल्खाडा कायम भई तत्काल प्रशासनिक कामबारबाही सञ्चालन गर्न दबाब दिने उद्देश्यले काठमाडौंस्थित् रत्नपार्कको शान्तिवाटिकामा शान्ति ¥यालीसहित विभिन्न कार्यक्रम गर्ने घोषणा गरेको हो । समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘नेपाल सरकारले ५ नम्बर प्रदेशअन्तर्गतको नयाँ जिल्ला रुकुम पूर्वी भागको सदुरमुकाम अर्को व्यवस्था नभएसम्म हाललाई भनि अस्थायी रुपमा रुकुमकोट तोकिएकोमा पछि २०७४ साल माघ ११ गते नेपाल सरकारको मन्त्रिपरिषदबाट पुथा उत्तर गंगा गाउँपालिका वडा नम्बर १२ गोल्खाडालाई सदरमुकाम तोक्ने कार्य भएको हो । पछिल्लो निर्णयको विरुद्धमा रुकुमकोट निवासी केही व्यक्तिहरुले सम्मानित सर्वोच्च अदालतमा रिट हाल्नुभएको थियो । थप पढ्नुहोस् ...













