तत्काल सरकार बन्ने अवस्था नरहे चूनाव उत्तम बिकल्प : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले तत्काल सरकार बन्ने अवस्था नरहे चूनाव उत्तम बिकल्प भएको बताएका छन । नेपाल निजामती कर्मचारी युनियन(संघ)को राष्ट्रिय भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै सभापति देउवाले नयाँ सरकार गठनको प्रयासका लागि आफुले अन्य दलसंगको छलफललाई निरन्तरता दिएको भन्दै सरकार बन्न नसके चुनाव नै उपयुक्त विकल्प भएको बताएका हुन । त्यस्तै उनले चुनावमा जानुपर्ने बाध्यता हुनसक्ने भन्दै त्यसका लागि कांग्रेस तयार हुनुपर्ने धारणा पनि राखे । देउवाले पार्टीले कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय लिएकोमा धन्यवाद दिदैं देउवाले आफू नै प्रधानमन्त्री हुनुपर्छ भन्ने नरहेको स्पष्ट पारे । कांग्रेस सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण अहिलेको राजनीतिक अवस्था आइपरेको बताए । आमनिर्वाचन लगत्तै आफूले प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेपनि वामएकता भन्दै प्रचण्डले नै ओलीलाई थप पढ्नुहोस् ...












