कोरोना रोक्न सरकारको तयारी शुन्य तर लगातार निकाल्दैछन्, विज्ञप्ति

उज्यालो प्रतिनिधि २३ चैत्र २०७७, सोमबार उज्यालो फोकस

काठमाडौं । कोरोना संक्रमितको संख्या दैनिक डेढ सयभन्दा बढी नाघे पनि सरकारले यसको सामना गर्न खासै तयारी गरेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत ८ मा विज्ञप्ति जारी गरेर जनस्वास्थ्यको मापदण्ड पालनाका लागि आग्रह गरे पनि अन्य तयारी शून्य छ ।

मुलुकमा पछिल्लो २४ घण्टामा मात्रै १ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै देशभरि १ हजार ६ सय ७२ जना सक्रिय संक्रमित पुगेका छन् । आइतबार ३ हजार ४ सय ५६ जनाको परीक्षण गरिएको थियो । परीक्षण गरेकामध्ये ५ प्रतिशतलाई कोरोना देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकाको ल्याबबाट मात्रै १ सय १० जना संक्रमित पत्ता लागेको हो ।

भारतमा जसरी संक्रमितको संख्या बढिरहेको छ, त्यसको असर नेपालमा पनि देखा पर्न थालेको विज्ञहरू बताउँछन् । ईडीसीडीका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले नाकामा परीक्षणमा कडाइ नगरेकै कारण संक्रमण बढेको बताए । ‘पहिलाको भन्दा नयाँ यूके भेरियन्टले ७० गुना बढीलाई सार्न सक्छ । त्यसैले यसबाट बच्ने एउटै उपाय नेपाल छिर्ने नाकालाई कडाइ गर्नुपर्छ,’ उनले भने, ‘परीक्षणको दायरा पनि बढाउनुपर्छ ।’

नेपाल छिर्ने विभिन्न नाकाको केही दिनयता हेल्थ डेस्कमा गरिएको परीक्षणले भारतबाट कोरोना संक्रमित धमाधम भित्रिएको देखिन्छ । पछिल्लो २४ घण्टामा कञ्चनपुरको त्रिनगर हेल्थ डेस्कमा ९ सय २५ जनाको स्वाब परीक्षण गर्दा ४६ जनालाई कोरोना देखिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार