तत्काल सरकार बन्ने अवस्था नरहे चूनाव उत्तम बिकल्प : सभापति देउवा

उज्यालो प्रतिनिधि २७ चैत्र २०७७, शुक्रबार उज्यालो फोकस

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले तत्काल सरकार बन्ने अवस्था नरहे चूनाव उत्तम बिकल्प भएको बताएका छन ।

नेपाल निजामती कर्मचारी युनियन(संघ)को राष्ट्रिय भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै सभापति देउवाले नयाँ सरकार गठनको प्रयासका लागि आफुले अन्य दलसंगको छलफललाई निरन्तरता दिएको भन्दै सरकार बन्न नसके चुनाव नै उपयुक्त विकल्प भएको बताएका हुन ।

त्यस्तै उनले चुनावमा जानुपर्ने बाध्यता हुनसक्ने भन्दै त्यसका लागि कांग्रेस तयार हुनुपर्ने धारणा पनि राखे । देउवाले पार्टीले कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय लिएकोमा धन्यवाद दिदैं देउवाले आफू नै प्रधानमन्त्री हुनुपर्छ भन्ने नरहेको स्पष्ट पारे ।

कांग्रेस सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण अहिलेको राजनीतिक अवस्था आइपरेको बताए । आमनिर्वाचन लगत्तै आफूले प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेपनि वामएकता भन्दै प्रचण्डले नै ओलीलाई सत्ता सुम्पेको देउवाको भनाई छ । त्यस्तै उनले संसदमा कांग्रेसको संख्या कम भएकाले बैठक समेत बोलाउन नसकेको उल्लेख गरे ।

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि उपयुक्त विकल्प दिनुपर्ने बताए । दलहरुबीच जसरी सहमति बन्छ त्यसरी अगाडि बढ्नुपर्ने उनले बताए । जोखना हेरेर अवसरलाई गुमाउन र पछि टाउकोमा हात राख्ने अवस्था आउन दिन नहुने उनको भनाई छ ।

त्यस्तै कांग्रेस उपसभापति बिमलेन्द्र निधीले जसपालाई सहमतिमा ल्याएर सरकार गठनको प्रयास कांग्रेसले गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री ओलीलाई पदबाट हटाउनु अहिलेको आवश्यकता र चूनौती रहेको जिकिर गरे

कार्यक्रममा कांग्रेस नेता गगन थापा, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा लगाएतले मुलुकलाई निकास दिनका लागि कांग्रेस गम्भीर भएर निर्णय लिनुपर्ने बेला आएको धारणा राखेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार