गैरकानूनी रुपमा व्यक्तिले दर्ता गराएका जग्गालाई सरकारले फिर्ता ल्याएरै छाड्छ : मन्त्री तुम्वाहाङ्फे

उज्यालो प्रतिनिधि २४ चैत्र २०७७, मंगलवार उज्यालो फोकस

काठमाडौँ । भूूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा शिवमाया तुम्वाहाङ्फेले व्यक्तिले कब्जा गरेका कतिपय जग्गा सरकारको नाममा फिर्ता ल्याउने कार्यलाई सबैभन्दा ठूलो उपलब्धिका रुपमा लिएको बताएका छन ।

भूूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिन पुगेको अवसरमा मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले दूूषित मनसाय राखेर गैरकानूनी रुपमा व्यक्तिले दर्ता गराएका जग्गालाई सरकारले फिर्ता ल्याएरै छाड्ने बताए । सरकारी, सार्वजनिक तथा गुठी जग्गाको छानबिन गर्न गठित आयोगमा पर्न आएका उजुरी छानबिन गरी ३९ बिघा १५ कट्ठा जग्गा नेपाल सरकारको नाममा फिर्ता ल्याइएको उनले बताए । बालुवाटारस्थित ललितानिवास परिसरभित्र कुनै पनि घरटहरा निर्माणका लागि नक्सा पाससम्बन्धी कार्य नगर्ने नगराउने र कानूनविपरीत घरटहरा निर्माण भइरहेको भए निर्माण कार्य रोक्का गर्ने निर्णय भएको उनले बताए । उनले भू–स्वामित्व र जग्गा दर्ता प्रणालीलाई थप विश्वसनीय, भरपर्दाे र वैज्ञानिक बनाउन हाल प्रचलित लिखत दर्ता प्रणालीबाट हकदाबी दर्ता प्रणालीमा परिवर्तन र स्तरोन्नति गर्ने निर्णय भई लागू गर्ने सन्दर्भमा अध्ययनको चरणमा रहेको बताए ।

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको लगत सङ्कलनका लागि भूमिसम्बन्धी समस्या समाधान आयोगबाट केन्द्रबाटै दैनिक सङ्कलन भएको तथ्याङ्क प्राप्त गर्न सक्ने गरी विकास गरी प्रयोगमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार