गरिब घरपरिवारलाई ‘राज्य सुविधा परिचय-पत्र’ वितरण गर्ने
काठमाडौँ । सरकारले गरिब परिवारको पहिचानका लागि 'राज्य सुविधा परिचय-पत्र' प्रदान गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणका क्रममा उक्त जानकारी दिएका हुन् । 'आगामी वर्ष सबै जिल्लाका गरिब घरपरिवारलाई 'राज्य सुविधा परिचय-पत्र' वितरण गर्ने काम सम्पन्न गरिनेछ,' मन्त्री पौडेलले जानकारी दिए । राज्यले गरिबलाई दिने सबै सुविधा सोही परिचय-पत्रका आधारमा प्रदान गर्ने सरकारको योजना रहेको पौडेलले बताए । 'सरकारको तर्फबाट प्रदान गरिने गरिब लक्षित सबै सेवा सुविधालाई सोही परिचय-पत्रसँग आबद्ध गरीनेछ,' उनले भने । थप पढ्नुहोस् ...













