लक्ष्मीलाई जलाउन खोज्नेलाई कारबाहीको माग, उपचारका लागि प्रदेश सरकारले दुई लाख दिने
डोटी । डोटीको आदर्श गाउँपालिका–४ मा मट्टीतेल खन्याएर आगो लगाइँदा घाइते भएकी लक्ष्मी भाटको स्वास्थ्यस्थिति र दोषीलाई कारबाहीबारे राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले चासो दिएका छन । अध्यक्ष पराजुलीले आज भाट उपचारत कीर्र्तिपुरस्थित वर्न अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन । गत साता रोडिङ्गे गाउँस्थित घरमै भएको घटनामा घाइते २८ वर्षीया भाट र उहाँकी छोेरीको हाल उपचार भइरहेको छ । उनलाई वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा मङ्गलबाट हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको हो । आयोगका अध्यक्ष पराुजलीसँगको भेटमा पीडित भाटले आफू र नाबालक छोरीलाई आगो लगाई ज्यान मार्ने प्रयास गर्ने आरोपित पति सन्तोष भाटलाई जन्मकैदको सजायको माग गर्नुभएको छ । पति सन्तोष हाल फरार छन् । आयोगका अध्यक्ष पराजुलीले सो सम्बन्धमा डोटीका प्रमुख जिल्ला अधिकारी र जिल्ला थप पढ्नुहोस् ...









