डोल्पामा अध्यक्ष र उपाध्यक्षबीच द्वन्द्व बढ्दा काम गर्न मुस्किल, कर्मचारी चेपुवामा
जाजारकोट । मुड्केचुला गाउँपालिका डोल्पामा अध्यक्ष र उपाध्यक्षबीच द्वन्द्व बढ्दा काम गर्न मुस्किल भएको छ । अहिले कार्यरत प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर श्रेष्ठले उपाध्यक्षलगायत नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको मात्र कुरा सुनेर काम गरेको अध्यक्ष पक्षधरको भनाइ छ । एमाले मुड्केचुला गाउँपालिकाको बैठकमा समेत प्रमुख प्रशासकीय अधिकृत पुग्ने गरेको, गुटगत भेला गर्दै हिँडेकोलगायतका आरोप अध्यक्षले लगाएका छन् । यसभन्दा अघिका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले गरेका काम उल्ट्याउँदै गएको समेत आरोप लगाइएको छ । एमालेको गुटगत बैठकमा आफू सहभागी भएको तर समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्नका लागि आफू त्यहाँ गएको अधिकृत श्रेष्ठले स्वीकार गरेका छन । यता उपाध्यक्षलगायत अन्य जनप्रतिनिधिले विज्ञप्ति प्रकाशित गरी मिडियालाई समेत गाली गर्दै अध्यक्ष र पत्रकार मिलेर गाउँपालिकामा काम गर्ने वातावरण बिगारेको आरोप लगाएका छन् थप पढ्नुहोस् ...













