सवै मिलेर कुरितीलाई अन्त्य गर्नुपर्छ : महिलामन्त्री चौधरी

उज्यालो प्रतिनिधि २३ जेष्ठ २०७८, आईतवार उज्यालो फोकस

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले समाजमा रहेका कुरिती अन्त्यका लागि ५ बर्षे रणनीतिक कार्ययोजनालाई अघि बढाउने बताएका छन ।

आइतबार सिंहदरबारमा पदभार ग्रहणका क्रममा मन्त्री चौधरीले ५ बर्षे रणनीतिक कार्ययोजनासम्बन्धी फाइल सदर गर्दै प्रदेश र स्थानीयका साथै संघीय सरकारको संयुक्त पहलमा समाजमा रहेका कुरिती अन्त्य गरिने बताएका हुन । मन्त्री चौधरीले अझै पनि समाजमा बालविवाह, दाइजो जस्ता कुरिती रहेको र सवै मिलेर यस्ता कुरितीलाई अन्त्य गर्नुपर्ने धारणा राखे ।

उनले सामाजिक सुरक्षा योजना मुलुकका सवै क्षेत्रमा समान रुपमा पुग्न नसकेको भन्दै यस बिषयलाई छिटो भन्दा छिटो समाधान गर्ने दावी गरे ।

मन्त्रालयमा धेरै कार्ययोजनाहरु कार्यान्वयन नै नहुने अवस्थालाई अन्त्य गर्नका लागि प्राथमिकताका आधारमा योजनालाई अघि बढाइने उनले जानकारी दिए

त्यस्तै आइतबार नै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री रेणुका गुरुङले पनि पदभार ग्रहण गरेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार