काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र सर्वोच्च अदालत बार एसोसियसनका पदाधिकारीबीचको छलफलमा संवैधानिक इजलाससम्बन्धी नियमावली परिवर्तन गरेर संवैधानिक परिषद् गठन गर्ने समझदारी बनेको छ ।
मंगलबार प्रधानन्यायाधीश जबरा र एसोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यलगायतका पदाधिकारीबीचको छलफलबाट उक्त निष्कर्ष निस्किएको हो ।
प्रधानन्यायाधीशलाई भेटेर फर्किएपछि पत्रकारहरूलाई जानकारी दिँदै वरिष्ठ अधिवक्ता शाक्ले संवैधानिक इजलास गठनलाई कसरी विवादरहित बनाउने भन्नेबारेमा छलफल भएको बताए । उनले संवैधानिक इजलास गठनसम्बन्धी नियमावली-२०७२ मै संशोधन गर्ने कुरामा छलफल भएको जानकारी दिए ।





