काठमाडौंमा गुण्डागर्दी बढ्दै ! कुटिए गृहमन्त्रीका भान्जा
काठमाडौं । एमाले र कांग्रेसको संयुक्त सरकार बनेसंगै काठमाडौंमा गुन्डागर्दी मौलाउदै गएको छ । विशेषगरी नेपाली कांग्रेस निकट गुन्डाहरुले दिनदहाडै व्यापारीलाई धम्क्याउने थर्काउने समाचारहरु आइरहेको बेला पुनः काठमाडौंको दरबारमार्गमा गृहमन्त्री रमेश लेखकको भान्जा बताउने युवक माथि एक समूहले निर्घात कुटपिट गरेका छन् । गृहमन्त्री लेखकका भान्जा बताउने रमेश भट्टलाई नेपाली कांग्रेस निकट तरुण दलका केन्द्रीय सदस्य एवम् टोले गुण्डा कुलध्वज लामाको समूहले कुटपिट गर्दा गम्भीर घाइते भएपछि भट्टलाई उपचारका लागि अस्पतालमा भर्न गरेका छन् । दरबारमार्ग स्थित संजीव लामा ‘स्याल’ले सञ्चालन गरेको लिक्विड लाउञ्जमा शुक्रबार राति बैतडीका रमेश भट्ट माथि कुलध्वज लामाको समुहले आक्रमण गरेका थिए । उक्त घट्नामा संलग्न कुलध्वज सहित काभ्रे जिल्ला भुम्लु गाउँपालिका-४ घर भएका सुजन तामाङ, तेमाल गाउँपालिका-७ का मिलन लामा, भुम्लु गाउँपालिकाका सुलभ पहरी, तेमाल थप पढ्नुहोस् ...













