दाङका सबै स्थानीय तहमा स्वास्थ्य संस्था
–दीपक बोहरा दाङ । दाङका विभिन्न स्थानीय तहका ९३ वडामा स्वास्थ्य संस्था पुगिसकेका छन् । दाङका १०० वडामध्ये ९३ मा स्वास्थ्य संस्था पुगिसकेको र बाँकी सात वडामा स्वास्थ्य संस्था पुग्न बाँकी छ । गढवा गाउँपालिकाका तीन र राप्ती गाउँपालिकाका चार बाहेक दाङका दश स्थानीय तहका सबै वडामा स्वास्थ्य संस्था पुगिसकेका छन् । उपमहानगर तथा नगरपालिकाले वडा–वडामा नगर स्वास्थ्य केन्द्र सञ्चालन गरिरहेका छन् । गाउँपालिकाले पनि वडावडामा स्वास्थ्य संस्था पु¥याउने कसरत थालिरहेका छन् । वडा तहबाटै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सबै वडामा स्वास्थ्य संस्था सञ्चालनमा ल्याएको राजपुर गाउँपालिकाका स्वास्थ्य संयोजक कमल रोकायले बताए । ‘हामीले आधारभूत सेवाका लागि घरआँगनमै सेवा प्रदान गर्ने उद्देश्यले सबै वडामा स्वास्थ्य संस्था सञ्चालनमा ल्याएका हौँ’, उनले भने, ‘यसले बिरामीलाई सहज बनाएको छ ।’ तुलसीपुर उपमहानगरपालिकाका थप पढ्नुहोस् ...










