चीनबाट ल्याइएका नेपालीहरुको स्वास्थ्य निगरानी गर्नका ६० स्वास्थ्यकर्मी खटाउने

काठमाडौं । सरकारले चीनबाट ल्याइएका नेपाली नागरिकको स्वास्थ्य अवस्था निगरानी गर्नका लागि ६० जना स्वास्थ्यकर्मी खटाउने भएको छ । आज एक पत्रकार सम्मेलनको आयोजना गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।

चीनको हुवाई प्रान्तको हुवान शहरबाट सुरु भएको नोबेल कोरोना भाइरस संक्रमण विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिन थालेपछि नेपालले आफ्ना नागरिकलाई स्वदेश फिर्ता गर्ने तयारी गरेको छ । स्वदेश फिर्ता गरेका नागरिकहरुलाई ६० जना स्वास्थ्यकर्मीहरुको निगरानीमा राख्ने र उनीहरुलाई तयारी अवस्थामा राख्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उनीहरुलाई क्यारेन्टाइनमा राखेर निगरानी गरिने समेत मन्त्रालयले जनाएको छ । त्यसका लागि ६० जना स्वास्थ्यकर्मीलाई माघ २७ गते (सोमबार) अभिमुखिकरण तालिम दिने तयारी समेत गरिएको छ । ६० जना स्वास्थ्यकर्मीमा मेडिकल अफिसर, स्टाफ नर्स, स्वास्थ्य सहायक लगायत रहने समेत बताइएको छ ।

४ दिनअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका खरिपाटी, शिवपुरी, सूर्यविनायक र इचङुनारायणमा चीनबाट ल्याइएकाहरुलाई क्वारेन्टाइनमा राखेर निगरानी बढाउन निर्देशन दिएका थिए । ती स्थानमा स्थानीयवासीको विरोध चर्किन थालेपछि सरकारले कहाँ राख्ने भन्ने निर्णय गरिसकेको छैन । यद्यपि, भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रका २ वटा भवन खाली गरिसकिएको छ भने अन्य स्थानमा व्यवस्थापनको कामनै सुरु भएको छैन ।

उता, चीनमा अध्ययन गर्न गएका विद्यार्थीका आफन्तजनले आफ्नो परिवारका सदस्यहरुलाई तत्काल स्वदेश फिर्ता गर्न भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गृह मन्त्रालय, राष्ट्रियमानवअधिकार आयोग लगायतका सरोकारवाला निकायमा धाइरहेका छन् । उनीहरुले तत्काल आफन्तजनलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरिरहेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार