महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको आधिकारिक नाम ‘कोभीड–नाइनटिन’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले चीनमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणलाई आधिकारिक नाम दिएको छ । अब कोरोनाभाइरसको संक्रमणलाई कोभीड–नाइनटिन (COVID-19) भनिनेछ ।

डब्लुएचओले यो भाइरसको संक्रमणलाई विश्वको लागि ठूलो चुनौति बताउँदै यसलाई रोक्ने सम्भावना अझै रहेको जिकिर गरेको छ ।

‘हामीले यस रोगलाई नाम दिएका छौँ – कोभीड–नाइनटिन,’ मङ्गलबार जेनेभामा पत्रकारहरुसँग कुराकानी गर्दै डब्लुएचओका प्रमुख तेद्रोस अधानोम घेब्रेइससले भने ।

तेद्रोसका अनुसार कोभीड–नाइनटिनमा ‘सीओ’ को अर्थ कोरोना, ‘भीआई’ को अर्थ ‘भाइरस’ र ‘डी’ को अर्थ डिजिज (रोग) हो । १९ को अर्थ यो रोग शुरुवात भएको वर्ष हो । यो रोग सन् २०१९ को डिसेम्बर ३१ मा सबैभन्दा पहिले पत्ता लागेको थियो ।

यसअघि चीनको राष्ट्रिय स्वास्थ्य आयोगले यसलाई नोभेल कोरोनाभाइरस निमोनिया (एनसीपी) नाम दिने बताएको थियो ।

यता, यस रोगबाट चीनमा ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबारसम्म १ हजार १ सय १३ पुगेको छ । मंगलबार मात्र थप ९७ जनाले ज्यान गुमाएका छन् । यस रोगको केन्द्रविन्दु मानिएको हुबेइमा नै ९४ जनाले ज्यान गुमाएका थिए ।

चीनभर थप २ हजार १५ जना नयाँ बिरामी थपिएका छन् । जनवरी ३० यता नयाँ बिरामी थपिने दर यो सबैभन्दा न्यून हो । हालसम्म यसबाट ४४ हजार ६ सय ५३ जना संक्रमित भएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार