एमसीसी राम्रोसँग बुझेर मात्रै अघि बढाउँछौ : प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरशन (एमसीसी) सँगको सम्झौता छिट्टै अघि बढ्ने बताएका छन्।

पार्टी पंक्तिमा एमसीसीबारे स्पष्ट पार्नका लागि कार्यदल बनाइएको उल्लेख गर्दै उनले एमसीसी सम्झौता राष्ट्रको हितमा छ भन्ने सुनिश्चित गरेर अघि बढाइने बताए।

‘म प्रधानमन्त्री भएका बेला एमसीसीमार्फत ५५ अर्ब रुपैयाँ आउने भयो भन्दा खुसी भएको थिएँ, एमसीसी सम्झौता तत्कालै अनुमोदन गरेको भए मुलुकमा यो विवाद हुने पनि थिएन,’ दाहालले भने, ‘समयमै अनुमोदन नभएर विभिन्न कोणबाट विवाद हुँदा राम्रोसँग बुझेर मात्रै अघि बढाउन भनिएको हो।’

अहिले पनि धेरैको मत एमसीसी सम्झौता अनुमोदन नगरौं भन्ने नरहेको दाहालको भनाइ छ। उनले इन्डो–प्यासिफिक रणनीति (आईपीएस) सँग सम्बन्ध, भारतसँग्को सहमति लिनुपर्नेलगायत सम्झौताका प्रावधानबारे प्रस्ट हुनका लागि अध्ययन गर्न लागिएको बताए । यो खबर कान्तिपुर दैनिकमा छापिएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार